काठमाडौ । महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन्।
नेपालको संविधान र प्रचलित अभ्यासअनुसार, प्रत्येक नयाँ सरकार गठन भएपछि प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ता नियुक्त हुने प्रावधान छ। त्यही कारण, नयाँ प्रधानमन्त्री नियुक्त भएपछि तत्कालीन महान्यायाधिवक्ताले राजीनामा दिने प्रचलन रहँदै आएको छ।
यसपटक पनि सोही परम्परालाई निरन्तरता दिँदै बडालले पद छोडेका हुन्। केही समयअघि मात्रै नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की पदभार ग्रहण गरेकी थिइन्। तर, प्रधानमन्त्री कार्कीले अहिलेसम्म नयाँ महान्यायाधिवक्ताको नामको सिफारिस गरिसकेकी छैनन्।
बडालको राजीनामासँगै महान्यायाधिवक्ताको पद हाल रिक्त भएको छ, जसले गर्दा नयाँ सिफारिस र नियुक्तिको प्रतीक्षा बढेको छ।
