राष्ट्रिय

लिपुलेक, कालापानी र लिम्पियाधुराको बिषयमा प्रधानमन्त्रीले चीनमा लिनु भएको स्ट्याण्ड उचितः गृहमन्त्री लेखक

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले लिपुलेक, कालापानी र लिम्पियाधुराको बिषयमा प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा प्रकट गरेको आपत्ति उचित रहेको बताएका छन ।

नेपाल प्रेस युनियन पर्साले सोमवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । यसले भारतसँगको सम्बन्धमा कुनै असर नपर्ने उनको भनाइ छ।

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा नेपाली कांग्रेस र नेकपा एमाले स्पष्ट रहेको र राष्ट्रिय सहमतिबाट अघि बढ्ने वातावरण बन्नुपर्ने धारणा राखे।

कार्यक्रममा वीरगन्जमा फैलिएको हैजाबारे पनि गृहमन्त्रीले ध्यानाकर्षण गराउँदै औषधि, थप जनशक्ति र आवश्यक सहयोगमार्फत हैजा नियन्त्रणका लागि सरकारले तत्परता देखाउने आश्वासन दिए।

गृहमन्त्री लेखकले नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा स्थायी सद्भाव कायम राख्न सञ्चारमाध्यमको योगदान अत्यन्तै आवश्यक रहेको बताएका छन्।

उनले कहिलेकाहीँ समाजमा धार्मिक द्वन्द्व फैलाउने प्रयास हुने गरे पनि त्यसलाई न्यून गर्न पत्रकारहरूले सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए। “यदाकदा धार्मिक द्वन्द्व फैलाउने काम हुन्छ, यसमा सञ्चार जगतले द्वन्द्वलाई घटाउने भूमिका खेल्नुपर्छ,” गृहमन्त्री लेखकले भने।

उनले नेपाली समाजको विविधतानै शक्ति भएको उल्लेख गर्दै सबै धर्म, भाषा र संस्कृतिका मानिसहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। साथै, मुलुकमा भइरहेका अवैध कारोबार रोक्न प्रहरी र भन्सार प्रशासनबीच घनिष्ठ समन्वय आवश्यक रहेको उनले स्पष्ट पारे।

प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्गटा, पर्साका सभापति एवं मधेश सरकार कृषि तथा भूमी सुधार मन्त्री जनार्दन सिंह क्षेत्री ,नेता सुरेन्द्र प्रसाद चौधरी ,प्रदेश सभाका सदस्य श्याम पटेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन युनियनका सचिव इरफान अन्सारीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button