मधेस प्रदेशसमाचारसमाजस्थानीय

रौतहटको गौरमा सुटकेसभित्र महिलाको शव फेला

Ad 1
Ad 2
Ad 3
Ad 4

रौतहट,८ भदौ । रौतहटको गौरमा सुटकेसभित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा शनिबार राति बेवारिसे अवस्थामा भेटिएको सुटकेस खोलेर हेर्दा सो शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेस आइतबार बिहान डिएसपी राजन कार्की नेतृत्वको टोलीले खोलेपछि करिब ३० वर्षीया महिलाको शव भेटिएको हो । शवलाई कोचेर राखिएको अवस्था देखिएको प्रहरीले जनाएको छ ।

शवको पहिचान खुल्न बाँकी रहेको र मुचुल्कापछि प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाको कारण र संलग्नता पत्ता लगाउन प्रहरी टोलीले घटनास्थल नजिकैको एक विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेज समेत जाँच गरिरहेको डिएसपी कार्कीले बताए ।

यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ। यसअघि सप्तरीका उपेन्द्र भगत गौरस्थित नेपाल लजभित्र मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहारबाट हत्या भएको थियो। आज सुटकेसभित्र महिलाको शव फेला परेसँगै जिल्लामा सुरक्षासम्बन्धी चिन्ता थपिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button