मधेस प्रदेशराष्ट्रिय
पर्सामा सिडिओ तोय नारायण सुवेदी आउँदै, गणेश अर्याल को सरुवा

वीरगञ्ज । गृह मन्त्रालय तथा मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा भएको छ ।
गृहमन्त्री रमेश लेखकले २० सहसचिवको र २४ सहसचिवको सरुवा गर्दा पर्सासहित काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पनि सरुवा भएको छ । अर्यालको गृह मन्त्रालयमा सरुवा भएको हो । अर्यालको ठाउँमा तोय नारायण सुवेदी आउने भएका छन् । सुवेदी हाल जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन् ।



