वागमती प्रदेशसमाचार

घुससहित नापी कार्यालय काठमाडौंका कर्मचारी पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं – नापी कार्यालय काठमाडौं कलंकीका कार्यालय सहयोगी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो।

आयोगका अनुसार काठमाडौं महानगरपालिका-१३ चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना र उजुरीका आधारमा टोली खटाइएको थियो।

अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टोलीले कार्यालय प्रमुखको मोबाइल फोन दुई थान, सर्भेक्षकको मोबाइल एक थान र कुँवरको साथबाट घुसस्वरूप लिइएको १३ हजार रुपैयाँ तथा मोबाइल एक थान बरामद गरिएको हो।

कुँवरमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए। कार्यालय प्रमुखकै मोबाइल बरामद भएकोले यो घुस प्रकरण पेचिलो बनेको छ। कुँवर पक्राउ परेसँगै कार्यालय प्रमुख अनुसन्धानको दायरामा तानिने सम्भावना बलियो बनेको छ। न्युजकारखाना

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button