मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

बिन्दबासिनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आलमको औपचारिक स्वागत

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत मोहमद प्रवेज आलम सोमबार औपचारिक रूपमा कार्यभार ग्रहण गर्दै हाजिर भएका छन्।

गाउँपालिका कार्यालय प्रांगणमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले आलमलाई खाँदा र माला अर्पण गर्दै स्वागत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत आलमले बिन्दबासिनी गाउँपालिकाको विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो पहिलो प्राथमिकता बनाइने स्पष्ट पारे। उनले जनताको अपेक्षाअनुसार पारदर्शी प्रशासनिक सेवा सुनिश्चित गर्न कार्यालयका सम्पूर्ण स्रोत र साधनको सदुपयोग गरिने प्रतिबद्धता जनाए।

“गाउँपालिकाको विकास र जनताको जीवनस्तर उकास्नका लागि सबै तहका जनप्रतिनिधि, कर्मचारी र समुदायबीच सहकार्य अपरिहार्य हुन्छ,” अधिकृत आलमले भने, “म टोली भावना र पारदर्शिताका साथ काम गर्न तयार छु।”

गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले नयाँ अधिकृतको आगमनले पालिकाको प्रशासनिक कार्यसम्पादनमा नयाँ गति आउने विश्वास व्यक्त गरे। उनले विकास निर्माणका योजना, स्वास्थ्य सेवा, कृषि प्रवर्द्धन र आधारभूत पूर्वाधार विस्तारमा पालिका सदैव सक्रिय रहने प्रतिवद्धता पनि दोहोर्याए।

कार्यक्रमको अन्त्यमा उपस्थित जनप्रतिनिधि र कर्मचारीहरूले नव नियुक्त अधिकृतलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा वडा अध्यक्ष अनुज चौरसिया , स्वास्थ्य शाखा प्रमुख नरेश प्रसाद चौहान , कृषि शाखा प्रमुख रमेन्द्रनाथ तिवारी , जिन्सी शाखा प्रमुख सीताराम पण्डित , इन्जिनियर सन्तोष साह लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button