कोशी प्रदेशमधेस प्रदेशराजनीतिसमाचारसमाज

प्रधानमन्त्री ओली भोली परवानीपुरमा, भब्य प्रशासनीक भवनको उद्घाट हुने, सुख्खाग्रस्त क्षेत्रका नागरिक प्रमलाई सुन्न आतुर

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बारा आउँदैछन् ।

परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहका निम्ति प्रधानमन्त्री आउन लागेको अखिल नेपाल किसान महासंघका मधेश प्रदेश इन्चार्ज उमेश गुप्ताले जानकारी दिए ।
प्रधानमन्त्रीको आगमनलाई ऐतिहासिक बनाउन परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले कार्यक्रमको भव्य तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा एमालेका नेता–कार्यकर्ता पूर्णउत्साहका साथ कार्यक्रम सफल बनाउन जुटिरहेका छन् ।

पर्सा जिल्लाको वीरगञ्ज शहरसँगै जोडिएको परवानीपुरमा प्रधानमन्त्री आउने भएपछि वीरगञ्ज र आसपासका स्थानीयवासी पनि कार्यक्रममा जाने तयारीमा छन् ।

मधेशमा प्रधानमन्त्रीको क्रेज बढ्दो छ । सुख्खतग्रस्त क्षेत्रको “इपीसेन्टर”मा प्रधान्मन्त्रीको आगमनलाई मध्य तराईका नागरिकले आशावादी नजरका साथ हेरिरहेका छन ।

प्रधानमन्त्रीले सिचाई अभावमा समस्यामा परेका किसान र पिउने पानीको चरम संकट ब्यहोरीरहेका मध्य तराईका नागरिकलाई दिन चाहेको सन्देश सुन्न पनि आतुर रहेका छन ।

भवनको उद्घाटनपछि प्रधानमन्त्री ओलीको सम्वोधन गर्ने कार्यक्रम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button