मधेस प्रदेशराष्ट्रियसमाचार

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभियो

वीरगंज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगंज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबात सेवा प्रवाह पनि प्रारम्भ भएको छ ।

यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो ।

एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे ¥याकबाट सामान आयात र निर्यात हुने गरेको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सङ्घीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button