मधेस प्रदेशसमाचारसमाज
पकहामैनपुरस्थित विद्यालयमा कक्षा ११ मा निःशुल्क भर्ना तथा कक्षा १२ को पढाइ प्रारम्भ हुने

पर्सा । पर्सा जिल्लाको पकहा मैनपुर–३ मा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा व्यवस्थापन (Management), शिक्षा (Education) तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङ (Diploma in Civil Engineering) विषयहरूमा निःशुल्क भर्ना खुला गरिएको जनाएको छ।
साथै, विद्यालयले कक्षा १२ को कक्षा सञ्चालन आगामी २०८२ साल साउन ५ गते (२०८२/०४/०५) आइतबारदेखि बिहान ६:१५ बजेदेखि प्रारम्भ हुने जानकारी दिएको छ।
विद्यालय प्रशासनले एक सूचना जारी गर्दै सबै सरोकारवाला अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न र तोकिएको मितिमा कक्षा सञ्चालनमा सहभागी हुन अनुरोध गरेको छ। विद्यालयको यो पहलले ग्रामीण भेगका विद्यार्थीहरूलाई गुणस्तरीय र प्राविधिक शिक्षामा पहुँच पुर्याउने विश्वास गरिएको छ।



