मधेस प्रदेशसमाचारसमाज

समाजिक सञ्जाल TikTok मा अभद्र गालीगलौज गर्ने युवती प्रहरी नियन्त्रणमा

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले सामाजिक सञ्जाल TikTok को लाइभमार्फत अभद्र गालीगलौज एवं अपशब्द प्रयोग गरेको अभियोगमा एक युवतीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका–२४ की अन्दाजी २० वर्षीया रोशनी खातुनले TikTok को लाइभ प्रसारणमार्फत अश्लील र अपमानजनक शब्द प्रयोग गरेकी थिइन्। उक्त अभिव्यक्तिले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ नकारात्मक असर पार्ने देखिएकाले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल रोशनी खातुनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ। प्रहरी स्रोतका अनुसार सामाजिक मर्यादा र डिजिटल शिष्टाचार विपरीत देखिने यस्ता गतिविधिमाथि निगरानी बढाइनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button