मधेस प्रदेशसमाचारसमाज

भव्य रूपमा सुरु भयो भाथा धामको साउने मेला, हजारौँ भक्तजनको भिड

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने पटेर्वा सुगौली गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ श्री बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर, रामभौरी भाथा धाममा साउने मेला भव्य रूपमा सुरु भएको छ।आइतबारदेखि सुरु भएको मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट पवित्र जल बोकेर ल्याएका बोलबम कावरियाहरू बिहानैदेखि मन्दिरमा दर्शन गर्न आइपुगेका छन्। धार्मिक विश्वास अनुसार, साउन महिनाभर भक्तजनहरू आफ्नो भाकल पूरा गर्न र महादेवको दर्शन गर्न दुग्धेश्वरनाथ मन्दिर पुग्ने परम्परा छ।

मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल राउत कुर्मीका अनुसार साउन महिनाभर चल्ने मेलामा हरेक सोमबार झण्डै पाँच हजार भक्तजन आउने अपेक्षा गरिएको छ। पर्सा, बारा, रौतहट, चितवन, मकवानपुरजस्ता जिल्लाका साथै भारतको बिहार राज्यका विभिन्न क्षेत्रबाट श्रद्धालुहरू भाथा धाम पुग्ने गरेका छन्।

मन्दिरमा वर्षको चार पटक — साउन महिनाभर, माघको वसन्त पञ्चमी, फागुनको महाशिवरात्रि र वैशाखको त्रयोदशीका दिन — विशेष मेला लाग्ने गर्दछ। साउनको मेला भने सबैभन्दा ठूलो र भव्य मानिन्छ। भक्तिभाव, श्रद्धा र सांस्कृतिक उत्सवको माहोलले भरिएको भाथा धाम अहिले भक्तजनहरूको आकर्षणको केन्द्र बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button