८ लाखको मिलापत्रपछि १० लाख असुल्न खोज्दा पुनः सीआईबीको फन्दामा

वीरगन्ज,१० असार ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका नायब सुब्बा (नासु) पशुपति अधिकारी यसअघि पनि यस्तै आर्थिक ठगीको आरोपमा पक्राउ परेका थिए तर मुद्दा नचली उम्कन सफल भएका थिए। अहिले उनीमाथि नक्कली कागजात बनाएर १० लाख रुपैयाँ असुल्न खोजेको आरोप लागेको छ र सीआईबीले उनीसहित ६ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।
पुरानो घटना ८ लाखको सेटिङ
अधिकारीको अघिल्लो ठगी प्रकरण २०७९ चैतमा सार्वजनिक भएको थियो। वैदेशिक रोजगार बोर्डमा कार्यरत रहँदा उनले विदेशमा मृत्यु भएका व्यक्तिको परिवारले सरकारबाट पाउने राहत तथा क्षतिपूर्ति बापतको ८ लाख रुपैयाँ पीडित परिवारलाई नदिई आफैंले लिएको आरोप लागेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीसहित ८ जनालाई पक्राउ गरेको थियो। तर, यो मुद्दामा पीडित परिवारलाई ८ लाख रुपैयाँ फिर्ता गरेपछि अधिकारी र पीडित पक्षबीच मिलापत्र भएको र मुद्दा अगाडि नबढेको पाइएको छ। यसरी, ठूलो रकम हिनामिनाको आरोप लागे पनि उनी मुद्दा नचलाईकनै उन्मुक्ति पाएका थिए।
नयाँ घटना १० लाख असुल्ने प्रयास
८ लाख रुपैयाँ फिर्ता गरेर उम्केका उनै नासु अधिकारी अहिले फेरि यस्तै प्रकृतिको कसुरमा सीआईबीको हिरासतमा परेका छन्। यसपटक उनीसहितको समूहले काभ्रेकी सोमा थिङको मृत्यु भएपछि नक्कली कागजात बनाएर १० लाख रुपैयाँ असुल्ने प्रयास गरेको आरोप छ। सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार, नासु अधिकारीसहित पक्राउ परेकाहरूमाथि ुलिखतसम्बन्धी कसुरु मा अनुसन्धान भइरहेको छ। यो घटनाले सरकारी निकायमा हुने भ्रष्टाचार र त्यसको कमजोर कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।




Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?