समाज

रसुवाको बाढीमा परि १६ जनाको मृत्यु,३८४ पर्यटक र बैकर्स समेत बेपत्ता

काठमाण्डौं । रसुवाको बाढीमा परेका १६ जनाको शव फेला परेको छ।
बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको हो।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार दिउँसो पौने ३ बजेसम्म १६ जनाको शव फेला परेको हो। रसुवामा एक जना, नुवाकोटमा ९ जना र धादिङमा ६ जनाको शव फेला परेको हो। यसरी फेला पर्नेमध्ये ७ जना महिला, ८ जना पुरूष र एक जना नखुल्ने प्रकारको शव छ।

रसुवा बाढीपछि रसुवा आसपास क्षेत्रमा ३८४ पर्यटक सम्पर्कमा आउन सकेका छैनन्। नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)हिक्मतसिंह ऐरका अनुसार उनीहरू सम्पर्क बाहिर छन्। बोर्डको प्रारम्भिक तथ्यांक अनुसार २ सय ९१ विदेशी र ९३ आन्तरिक पर्यटक सम्पर्कमा आउन सकेका छैनन्।786287932 1973582083339365 3521037862762139463 N

बुधबार बिहान रसुवामा आएको बाढीको कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले उल्लेख गरेको छ। प्रभु, हिमालयन, ग्लोबल आइएमइ, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका कर्मचारी सम्पर्क बिहीन अवस्थामा रहेको संघले उल्लेख गरेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले विभिन्न ठाउँमा उद्धारको काम गरिरहेका छन्। सम्पर्कविहीन भएकाहरूको हकमा पनि खोजी भइरहेको छ।

Related Articles

Back to top button