राजनीतिसमाचार

एमाले नेतृ रामकुमारी झाँक्रीको प्रश्न– अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?

नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको ‘पुनर्गठन’को बहसबारे प्रश्न उठाएकी छिन्।

उनले केवल एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई वास्तविक पार्टी पुनर्गठन भन्न मिल्ने कि नमिल्ने भन्दै प्रश्न गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै झाँक्रीले लेखेकी छन्, ‘पार्टी पुनर्गठन भनेको आखिर के हो ?’ त्यसपछि उनले पुनर्गठनको अर्थ नेतृत्व परिवर्तन मात्र हो कि पार्टीको संरचना, कार्यशैली र शक्ति सम्बन्धमा समेत परिवर्तन हो भन्ने प्रश्न उठाएकी छिन्।

झाँक्रीले जेन–जी आन्दोलन हुनुभन्दा दुई दिनअघि सम्पन्न एमालेको विधान महाधिवेशनको प्रसंगसमेत उठाइन् । उनले उक्त महाधिवेशनमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको ? भन्दै प्रश्न गरेकी छिन्।

झाँक्रीले विगतमा पनि पार्टी पुनर्गठनलाई केवल नेतृत्व परिवर्तनमा सीमित नगरी संरचना र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको धारणा राख्दै आएकी छिन्।

यस्तो छ झाँक्रीको फेसबुक स्टाटस-

पार्टी पुनर्गठन भनेको आखिर के हो ?

यदि पुनर्गठनको अर्थ :

एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?

अझ रोचक कुरा के छ भने जेनजीआन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन उठेन ?

Related Articles

Back to top button