मधेस प्रदेशसमाचारसमाज
प्रचण्ड गर्मीका करण बहुदरमाई नगरपालिकामा खनेपानीको बोतल वितरण

रामनिवास पटेल
पर्सा ,२६ जेठ ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीस्तिथ श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रचण्ड गर्मीका करण खनेपानीको बोतल वितरण गरिएको छ ।
बहुदरमाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र यादव र ने.क.पा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य तथा बहुदरमाई मेयर प्रत्यक्षी शिव पटेलद्वारा खनेपानीको बोतल वितरण गरिएको थियो । उक्त कार्यक्रमकोे अध्यक्षता श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका प्रधानाध्यापक अजय यादवले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि ने.क.पा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य शिव पटेल , मधेश प्रदेश कमिटी सदस्य ध्रुप साह , युवा नेता अशोक रौनियार र पिन्टु साह लगाएतको उपस्थिति रहेको थियो ।



