समाचार
घर भत्काएको हेर्दाहेर्दै महिला बेहोस्

काठमाडौंको बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन् ।
शुक्रबार बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन डोजर चलाएको थियो। डोजरले घर भत्काएको हेरेर बसेकी वंशीघाटमा बस्ने पर्साकी रेखा कुँवर बेहोस भएकी हुन्।
कुँवरलाई प्रहरीले उद्वार गरेर उपचारका लागि एम्बुलेन्सको सहयोगमा अस्पताल पठाइएको छ ।



