समाचार

सालको गोलीया सहित मान्छे र ट्रयाक्टर बनगस्तीको नियन्त्रणमा

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । सबैया सब डिभिजन बन कार्यालय तथा सबैया साझेदारी बन उपभोक्ता समुहको गस्ती टोलीले काठ सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

राष्ट्रीय बनबाट रुख कटान गरि अबैध रुपमा ओसार पोसार गरिरहेको अवस्थामा काठ सहितको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

पर्सा जिल्लाकाृ वीरगंज महानगरपालिका वडा नं ३१ स्थित मिल चौकमा आईतबार बिहान बिशेष सुचनाको आधारमा सालको काठ सहित प्रदेश २- ०३-००१ त १५७५ नम्बरको ट्याक्टर र वीरगंज महानगरपालिका वडा नं २९ मुसौलीका कृष्ण प्रसाद साह लाई नियन्त्रण लिई डिभिजन वन कार्यालय पर्सामा आवश्यक कार्वाहीको लागि पठाइएको छ ।

बरामद गरिएको २४ फिट काठ र ट्याक्टर सहित कुल १५ लाख बराबरको सामान नियन्त्रणमा लिइएको सबैया सब डिभिजन वन कार्यालय रेन्जर भुपाल रोकायले जनकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button