मधेस प्रदेशसमाचारस्थानीयस्वास्थ्य

कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज,२५ जेष्ठ ।
पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीको प्रदेश २–०३–००१ झ ०००३ नम्बरको एम्बुलेन्स हिजो राति दुर्घटनामा परेको छ। एम्बुलेन्स चालक पृथ्वी चौरसियाका अनुसार बिरामीलाई अस्पताल पुर्‍याएर फर्किने क्रममा गाडीको ब्रेक फेल भएर सडक छेउको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा चालक चौरसिया घाइते भएका छन्। उनको हात भाँचिएको छ भने अन्य भागमा पनि चोटपटक लागेको बताइएको छ। घटनास्थलमा तत्काल उद्धार कार्य गरी उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।स्थानीय प्रशासनका अनुसार एम्बुलेन्समा चालकबाहेक अन्य कोही नरहेकाले ठूलो मानवीय क्षति भने हुन पाएन। यद्यपि, दुर्घटनाले गाडीमा ठूलो क्षति पुगेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। एम्बुलेन्स सेवा सार्वजनिक स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण भएकाले यस्ता सवारीसाधनको नियमित जाँच र मर्मत आवश्यक भएको सरोकारवालाहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button