समाचार
अमेरिकी नाकाबन्दी घोषणासँगै एसियाली शेयर बजारमा गिरावट

अमेरिकाले होर्मुजको जलडमरूममा नाकाबन्दीको घोषणा गरेपछि एसियाली शेयर बजारमा गिरावट आएको छ ।
जापानको निक्केई २२५ सूचकांक ०.८४५ ले घटेको छ भने टोपिक्स ०.४२५ ले घटेको छ । दक्षिण कोरियाको कोस्पी सूचकांक १.८३५ ले घटेको छ ।
नाकाबन्दीले तेल आपूर्ति विशेष गरी होर्मुज जलमार्ग हुँदै जाने आपूर्तिमा असर पार्नसक्ने विषयले लगानीकर्ताहरू चिन्तित देखिएका छन् ।



