राजनीति

वीरगंजमा अबैध असुली बन्द नभएपछि सांसद पन्तले प्रजिअलाई दिए यस्ताे निर्देशन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज  । जाँच चौकी (ICP) वीरगंजबाट निस्किने मालवाहक ट्रकहरूबाट अवैध रूपमा उठाइँदै आएको ‘ढाट’ नामक रकम रोक्न केन्द्रबाट पटक–पटक निर्देशन आउँदा पनि कार्यान्वयन नभएपछि विषय पुनः चर्किएको छ ।

स्थानीय तह तथा केही समूहको संलग्नतामा उक्त असुली गरिहेको गुनासो आएपछि पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले कडा आपत्ति जनाएका छन् ।

सांसद पन्तले पर्सा प्रमुख जिल्ला अधिकारी भाेला दहालसँग समन्वय गरी दिनमा बन्द राख्ने र राति पुनः खाेल्ने गरिएको पाइएकोले तुरुन्तै यस्तो अवैध असुली बन्द गर्न निर्देशन दिएका छन ।

उनका अनुसार, भन्सार कार्यालयबाट बाहिरीने मालबाहक बाहनबाट ‘ढाट’ को नाममा विभिन्न स्थानमा गुम्ति राखेर उठाइँदै आएको रकम न त संघीय कानुनले मान्यता दिएको छ, न त स्थानीय तहलाई यस्तो कर लगाउने अधिकार नै छ ।

ठेक्केदारहरूले वीरगंज भन्सारबाट निस्किने ट्रकहरूबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म जबर्जस्ती असुली हुने गरेको छ ।

जबर्जस्ती ट्रक चालकहरूबाट प्रति गाडी ५ सयदेखि १ हजार रुपैयाँ भारतीय (भारू) सम्म रकम उठाइँदै आएको गुणासो आएपछी साम्साद पन्तले प्रधानमन्त्री बालेन शाह समक्ष उक्त बिषय बस्तुको प्रबेश गराएका पछि सरकारले साे विषयलाई सम्बाेधन गर्दै अबैध असुली तुरुन्तै बन्द गर्ने निर्देशन दिएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button