समाचार

इरानमाथिको आक्रमण : पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन, ९ जनाको मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

इरानमाथि अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका कराँची, लाहोर र इस्लामावाद लगायतका प्रमुख शहरहरूमा इरान पक्षधर प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् ।

कराँचीस्थित सिभिल अस्पतालका एक वरिष्ठ चिकित्सकले बीबीसीलाई दिएको जानकारी अनुसार अमेरिकी वाणिज्य दूतावास नजिकै प्रहरीसँग भएको झडपमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३२ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले वाणिज्य दूतावासको परिसरमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने क्रममा स्थिति तनावपूर्ण बनेको थियो ।

यसैबीच, पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानको गिलगिटमा प्रदर्शनकारीहरूले संयुक्त राष्ट्र संघको एउटा कार्यालयमा आगजनी गरेको संयुक्त राष्ट्र संघका एक अधिकारीले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button