राजनीतिसमाचार

मुगुमा निर्वाचनको तयारी धमाधम, मतदान सामग्री लिएर निर्वाचन टोली मतदान केन्द्रतर्फ

Ad 1
Ad 2
Ad 3
Ad 4

मुगु । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री लिएर निर्वाचन टोली शनिबारदेखि मतदान केन्द्रतर्फ जान सुरु गरेका छन् ।

जिल्लाका चारवटै स्थानीय तहमा गरी कुल ७० वटा मतदान केन्द्र मध्ये ६९ जना मतदान अधिकृत खटाइएका छन् भने छायाँनाथ रारा नगरपालिकास्थित महाकाली माध्यमिक विद्यालयमा रहेको एक वटा अस्थायी मतदान केन्द्रका लागि सहायक मतदान अधिकृतसहित तीन जना खटाइएको छ ।

मुगुमा सहायक मतदान अधिकृत ७० जना र अन्य सहायक कर्मचारी तथा सहयोगी सहित कुल जम्मा ५सय ९९ जना कर्मचारी परिचालन गरिएको सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँले बताए ।

जिल्लाभर एकवटा अस्थायी मतदान केन्द्रसहित ७० वटा मतदान केन्द्र र ६७ वटा मतदानस्थल कायम गरिएको छ । ती केन्द्रमार्फत कुल ३६ हजार ३१ जना मतदाताले मतदान गर्नेछन् ।

निर्वाचन सामग्री वितरण कार्य शुक्रबारदेखि सुरु भएको र शनिबार खत्याड र सोरू गाउँपालिकामा खटिएका निर्वाचन टोलीहरुले सामग्रीसहित सम्बन्धित मतदान केन्द्र स्थलतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय मुगुका प्रमुख कमलप्रसाद उपाध्यायले बताए ।

जिल्ला निर्वाचनका प्रमुख उपाध्यायका अनुसार निर्वाचनका लागि आवश्यक जम्मा ४९ प्रकारका सामग्रीमध्ये मतपत्रसहित १२ प्रकारका सामग्री केन्द्रबाट प्राप्त भएको छ भने बाँकी ३७ प्रकारका सामग्री जिल्लास्तरमै खरिद गरेर निर्वाचनका लागि प्रयोग गर्ने गरेको बताएका छन् ।

निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्नका लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, निवार्चन प्रहरी र नेपाली सेनालाई संयुक्तरुपमा परिचालन गरी मतदान केन्द्र पुगिसकेको छन् भने आम मुगुबासी, आम मतदाताहरुलाई ढुक्क भएर मतदान केन्द्र गएर मतदानमा सहभागी हुन समेत प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले अनुरोध गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button