राजनीतिसमाचार

वीरगंज -१६ नागवामा एमालेको सम्पर्क कार्यालय उद्घाटन , प्रदिप यादवद्वारा सबै कार्यकर्ता एकजुट भएर विजय अभियानमा लाग्न आह्वान

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज ,४ माघ । निर्वाचन क्षेत्र नं. १ का एमाले उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–१६ नगवामा स्थापना गरिएको चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले रिबन काटेर कार्यालयको औपचारिक शुभारम्भ गर्नुभयो।

कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता, वडा कमिटी पदाधिकारी, युवा तथा महिला कार्यकर्ता र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

उद्घाटनपछि सम्बोधन गर्दै यादवले आगामी निर्वाचनमा जनताको विश्वास जित्ने दृढता व्यक्त गर्दै वीरगञ्जको समग्र विकासलाई मुख्य एजेण्डा बनाइएको बताउनुभयो। उहाँले रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा सुशासन स्थापना प्राथमिकतामा रहने उल्लेख गर्नुभयो। नगवा क्षेत्रका सडक, ढल निकास, खानेपानी, सरसफाइ र युवा लक्षित कार्यक्रमलाई विशेष योजना बनाएर अघि बढाइने पनि उहाँको प्रतिबद्धता थियो।

नेताहरूले यादव अनुभवी र विकासमुखी नेतृत्व भएको उल्लेख गर्दै सबै कार्यकर्तालाई एकजुट भएर विजय अभियानमा लाग्न आह्वान गरेका थिए। उद्घाटनपछि कार्यकर्ताहरूले नाराबाजी गर्दै उत्साह व्यक्त गरेका थिए।
नयाँ सम्पर्क कार्यालयमार्फत घरदैलो, मतदाता भेटघाट, अन्तरक्रिया तथा जनसम्पर्क कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button