राजनीतिसमाचार

जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

Ad 1
Ad 2
Ad 3
Ad 4

बुटवल । जनता समाजवादी पार्टीबाट रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका हुन् । उनले आज विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा पनि गरेका हुन् ।

प्रचलित कानुन अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वाससहित एमालेलाई रोजेको उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

यादवलाई एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरू भुमिश्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,प्रमोद यादब, हरिप्रसाद अधिकारी, उमा काफ्ले, अनुप बराललगायतले पार्टीमा स्वागत गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button