राजनीतिसमाचार

पर्सा क्षेत्र नं १ को हरपतगंजमा प्रदीप यादवको घरदैलो, विकास र सुशासनमा जोड

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातेका बेला नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आइतबार वीरगञ्ज महानगरपालिका वडा नं. २० हरपतगंज क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको धारणा र अपेक्षा बुझ्ने प्रयास गरेका हुन्।

 

घरघरमा पुगेर मतदातासँग संवाद गर्दै उनले क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। नागरिकले उठाएका सडक, सरसफाइ, रोजगारी तथा आधारभूत सेवासम्बन्धी विषयलाई गम्भीरतापूर्वक लिएको उनले बताए। निर्वाचित भए विकास निर्माणका कामलाई गति दिने र सुशासनका पक्षमा दृढ रूपमा उभिने उनको भनाइ थियो।

 

उम्मेदवार यादवले पारदर्शिता, समावेशिता र जनउत्तरदायित्वलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउने उल्लेख गर्दै सबै समुदायको सहभागितामा अगाडि बढ्ने अठोट व्यक्त गरे।

घरदैलो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय तथा स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको सहभागिता रहेको थियो। वडा नं. २० का मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाबी गर्दै यादवले आगामी दिनमा पनि जनतामाझ पुगेर अभियानलाई निरन्तरता दिने बताएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button