जेनजी आन्दोलन नेपालमा मारिएकी भारतीयकी श्रीमानद्वारा १०० करोडको मुद्दा दायर

काठमाडौं । काठमाडौंमा गत भदौमा जेनजी आन्दोलनका क्रममा मृत्यु भएकी भारतीय नागरिककी श्रीमानले दिल्ली उच्च अदालतमा क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेका छन्।
रणवीर सिंह गोला नामका पुरुषले पत्नी राजेश गोलाको मृत्युमा नेपाल सरकार, भारत सरकारको विदेश मन्त्रालय, नेपालीस्थित भारतीय दूतावास र एक होटललाई समेत दोषी ठहर गर्दै १०० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।
दिल्ली हाइकोर्टले यस बारे सुनुवाइ गर्दै केही प्रश्न उठाएको र मुद्दा फेब्रुअरी २६ सम्मका लागि स्थगित गरेको छ।
दम्पती सन् २०२५ सेप्टेम्बर ७ मा पशुपतिनाथ दर्शनका लागि नेपाल आएको थियो। सेप्टेम्बर ९ मा प्रदर्शनकारीहरुले होटलमा आगो लगाउनुका साथै आक्रमण गरेका थिए। होटल प्रशासनले उनीहरुलाई सुरक्षाको आश्वासन समेत दिएको र चेकआउट गर्न नदिई माथिल्लो तलामा पठाएको तर आपत्कालीन स्थितिमा कुनै उचित प्रबन्ध नमिलाएको रिटमा उल्लेख छ।



