समाचार

नाइके पक्राउ परेपछि सिरहा कारागार तनावग्रस्त, कैदीद्वारा तोडफोड र आगजनी

Ad 1
Ad 2
Ad 3
Ad 4

सिरहा । सिरहा कारागारका नाइके पक्राउ परेपछि कारागार तनावग्रस्त बनेको छ ।

कारागारभित्रै अराजकता मचाएको भन्दै प्रहरीले नाइके इन्द्रजित यादव सहित १३ जनालाई पक्राउ गरेपछि कैदीले तोडफोड र आगजनी गरेका हुन् ।

अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।

कारागारभित्र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा कारागारका नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button