राजनीति

प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न, एमाले उम्मेदवार जिताउन सक्रिय भूमिका खेल्ने निर्णय

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । प्रेस चौतारी नेपाल पर्साको बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ। बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट पर्साका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरूलाई विजयी गराउन कुनै कसर बाँकी नराखी सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ।

बैठकले प्रेस चौतारीसँग आबद्ध नेता तथा कार्यकर्ताहरूलाई उम्मेदवारसँग समन्वय गर्दै जिम्मेवार र प्रभावकारी रूपमा समाचार सम्प्रेषण गर्न निर्देशन समेत दिएको छ। निर्वाचनको संवेदनशील समयमा तथ्यपरक, अनुशासित र संगठनको नीतिअनुसार सञ्चार भूमिका निर्वाह गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

बैठकमा प्रेस चौतारी नेपालका प्रदेश इन्चार्ज अच्युत पौडेल, प्रदेश अध्यक्ष लालबाबु शेख, नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दास, प्रचार विभाग प्रमुख सुन्दर प्रसाद कुर्मी, प्रेस चौतारी पर्साका इन्चार्ज तुलसी भण्डारी नेपाल, पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अनुप तिवारी,कोशाअध्यक्ष सन्जिव मिश्रा। लगायतका वक्ताहरूले वर्तमान अवस्थामा प्रेस चौतारीले निर्वाह गर्नुपर्ने भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए।

बैठकका प्रमुख अतिथि तथा नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दासले पार्टी निकट रहेका पत्रकारहरूले अनुशासन, जिम्मेवारी र मर्यादामा रही निर्वाचनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्नुपर्नेमा निर्देशन दिनुभयो। उहाँले संगठनात्मक एकता र प्रभावकारी सञ्चार रणनीतिबाट निर्वाचनमा सकारात्मक परिणाम हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

बैठक प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button