राजनीतिसमाचार

हिमपातमै एमाले हुम्लाको चुनावी प्रचार अभियान सुरु

Ad 1
Ad 2
Ad 3
Ad 4

सिमकोट । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) हुम्लाले हिमपातकै बीच प्रचार अभियानको औपचारिक रुपमा सुरुवात गरेको छ ।

सिमकोट गाउँपालिका‐५ खाद्यकको चौपाडीबाट आफनो चुनावी अभियान सुरु गरेको एमाले केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयोजक दल रावलले जानकारी दिए ।

एमाले निर्वाचन परिचालन कमिटीको बैठकले आजबाट औपचारिक रुपमा प्रचार अभियान थाल्ने योजना अनुसार नै एमालेले आज तल्लो गाउँबाट प्रचारको कामको सुरुवात गरेको एमाले प्रचारप्रसार उपसमितिका संयोजक तिर्थराज बोहराले जानकारी दिए । उनका अनुसार चौपाणीमा आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार दल फडेरा, केन्द्री यसदस्य तथा समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटी र एमाले निर्वाचन परिचालन कमिटीका संयोजक तथा केन्द्रीय सदस्य रावलले सम्बोधन गरेका छन् ।

सम्बोधनमा प्रत्यक्ष उम्मेदवार दल फडेराले यो निर्वाचनमा देश जलाउने र देश बनाउने बीचको लडाई भएकाले देश जलाउनेभन्दा बनाउने पार्टी एमालेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् ।

यसैगरी, समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटीले यो अघिका २६ वर्षसम्म जिल्लाका अन्य दलका प्रतिनिधिहरुको काम गर्ने तौरतरिका देखिसकेको र एमालेले प्रतिनिधि सभामा गएर जिल्लाका लागि भूमिका खेल्न नपाएको हुँदा यो पटक एमालेलाई विजयी गराउन आग्रह गरे ।

एमाले हुम्लाका नेता तथा कार्यकर्तासहित गएका उम्मेरदवारले सिमकोट तल्लो गाउँ, र माथिल्लो बजारका स्थानीय र व्यापारिसँग मत माग्दै घरदैलो कार्यक्रम गरेको जनाइएको छ ।

प्रचार रणनीति तय गर्न एमालेका ४३ वडाका बैठक सम्पन्न

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार रणनीति निर्माण गर्न एमालेले जिल्लाका ४३ वटा वडाको बैठक आयोजना गरेको एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमीले जानकारी दिए । पार्टी जिल्लाको सर्कुलर अनुसार आज नाम्खा ५ लिमी बाहेकका वडा कमिटीको बैठक बस्ने काम भएको जानकारी जिल्ला कमिटीलाई आएको अध्यक्ष बुमीले बताए ।

हिमपातकै बीच सबै वडा कमिटीले बैठकको आयोजना गरी वडास्तरिय निर्वाचन कार्यालय स्थापना गर्ने र वडास्तरीय प्रचार अभियानको कार्य योजना बनाउने काम गरिरहेको एमाले हुम्लाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button