राजनीति

एमाले केन्द्रीय सदस्य सरावगीसहित ३ नेतालाई पर्सामा चुनावी कमाण्डरको जिम्मेवारी

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा जिल्ला कमिटीले तीन जना केन्द्रीय सदस्यलाई निर्वाचन समन्वयको जिम्मेवारी दिएको छ।

सोमबार वीरगंजमा सम्पन्न पार्टीको बैठकले निर्वाचनलाई प्रभावकारी र सफल बनाउन क्षेत्रगत रूपमा जिम्मेवारी बाँडफाँड गरेको हो। बैठकको निर्णयअनुसार, पर्सा क्षेत्र नम्बर १ को समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य निर्मला देवकोटालाई दिइएको छ। पर्सा क्षेत्र नम्बर २ को जिम्मेवारी केन्द्रीय सदस्य तथा पूर्व महानगरप्रमुख विजय कुमार सरावगीलाई दिइएको छ भने पर्सा क्षेत्र नम्बर ३ र ४ को समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य प्रभु हजरालाई प्रदान गरिएको छ।

पार्टीले अनुभवी र संगठनमा बलियो पकड भएका नेताहरुलाई जिम्मेवारी दिई निर्वाचन तयारीलाई थप सुदृढ बनाउने जनाएको छ। बैठकले आगामी दिनमा जनसम्पर्क, संगठन विस्तार तथा चुनावी प्रचारलाई तीव्रता दिने निर्णयसमेत गरेको छ।

यसपटक पर्सा क्षेत्रमा एमालेले नयाँ र अनुभवी उम्मेदवारलाई टिकट दिएको छ। पर्सा–१ मा प्रदीप यादव, पर्सा–२ मा रिमा कुमारी यादव, पर्सा–३ मा रुपेश पाण्डे, र पर्सा–४ मा जालिम मियाँ चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button