राजनीति

पर्सा–२ मा नेपाल जनता पार्टीको उमेदवार पटेलको घरदैलो तिब्र

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,११ माघ । नेपाल जनता पार्टीका उम्मेद्वार सन्तोष पटेलले घरदैलो अभियान तिब्र परेका छन। पर्सा जिल्ला क्षेत्र नं. २ को बगही, ध्यानसिंह पिपरा, कोनिहा र बिन्दवासिनीमा आज नेपाल जनता पार्टीद्वारा घरदैलो कार्यक्रम गरेकाे छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, विचार र प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सन्तोष पटेल (सन्तोषानन्द महाराज) को उम्मेदवारी सफल बनाउन आग्रह गरेका थिए।

स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी, धार्मिक–सांस्कृतिक संरक्षण, सडक र आधारभूत पूर्वाधार विकास जस्ता मुद्दामा आफ्ना धारणा राखेका थिए। नेताहरूले जनताको विश्वास र समर्थनकै आधारमा पर्सा क्षेत्र नं. २ लाई विकास, सुशासन र पहिचानको दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा स्थानीयको उत्साही सहभागिता देखिएको थियो भने सहभागीहरूले पार्टीप्रति जनसमर्थन क्रमशः बढ्दै गएको बताएका छन्। कार्यक्रममा युवापुस्ता र वृद्ध–वृद्धाले समेत सक्रिय सहभागिता जनाएका थिए, जसले क्षेत्रको राजनीतिक माहोलमा नयाँ ऊर्जा थपेको सहभागीहरूले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button