अर्थ वाणिज्य
रेकर्डबाट घट्यो सुनचाँदीको मूल्य

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार २०० रुपैयाँ कायम छ । बुधबार (माघ ७) छापावाल सुनको मूल्य तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।



