
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
लगातार २ कार्यकाल महानगरको प्रमुख भएकी दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजिनामा दिएकी हुन् ।
आज नै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता गराउँदै छन् ।
राजीनामा दिनुअघि दाहालले महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाइ धन्यवाद दिएको सचिवालयले जनाएको छ ।



