राजनीति

रुपेश पाण्डे एमालेमा प्रवेश, पर्सा–३ बाट उमेदवार बन्ने संभावना

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याउने उद्देश्यले बैठक बसेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिएका छन्।

उनका अनुसार जिल्ला तथा प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको आधारमा अन्तिम उम्मेदवार चयन गर्ने प्रक्रिया अघि बढाइएको छ। सोही क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट रुपेश पाण्डेको नाम उम्मेदवारका रूपमा अगाडि सारिएको एमाले स्रोतले जनाएको छ।

यसैबीच, पर्साको मानिकपुर तथा पकाहा मैनपुर गाउँपालिका क्षेत्रका युवा नेता रुपेश पाण्डे आज औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा र माला लगाएर उनलाई पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा र निर्मला देवकोटा, पूर्व केन्द्रीय सदस्य राजकुमार गुप्ता, पर्सा जिल्ला अध्यक्ष विशम्भरकुमार शर्मा, पोखरिया नगरपालिकाका प्रमुख प्रधुम्न चौहान, उपाध्यक्ष मनोजकुमार गुप्ता, यशवन्त यादवलगायतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button