राजनीति

राजीनामा दिने बालेनको अन्तिम तयारी

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिने अन्तिम तयारी गरेका छन् । उनीनिकट स्रोतका अनुसार, सम्भवतः आज राति वा भोलिसम्ममा बालेनले मेयर पदबाट राजीनामा दिन लागेका हुन् ।

 

फागुन २१ गतेको निर्वाचनको उमेदवारी दर्ताका लागि बालेनले माघ ६ गतेअघि नै राजीनामा दिनुपर्नेछ । बालेन राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा (रास्वपा)को केन्द्रीय कार्यालयमा पुग्ने कार्यक्रम छ । त्यसपछि माघ ५ गते जनकपुरमा हुने रास्वपाको पहिलो चुनावी घोषणासभामा सभापति रवि लामिछाने र बालेन एउटै मञ्चमा देखिनेछन् ।

 

बालेनले झापा ५ बाट उमेदवारी दर्ता गर्ने तयारी गरेका छन् । यसका लागि उनका सहायक स्वकीय सचिव नवीन भण्डारीको टोली सम्पर्क कार्यालय व्यवस्थापनमा जुटेको छ ।

 

बालेनले राजीनामा दिएपछि काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले सम्हाल्नेछिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button