समाचारसमाज

वीरगन्जमा शान्ति बहालीकालागि प्रशासनद्वारा सर्वदलीय संवाद सुरु

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । वीरगंजमा सोमबारदेखि चर्किँदै गएको परिस्थितिलाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लास्थित राजनीतिक दलहरूसँग छलफल तथा विमर्श सुरु गरेका छन्।

प्रशासनका अनुसार आज बिहान विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाई संवाद प्रारम्भ गरिएको हो।

छलफलको मुख्य उद्देश्य शहरमा शान्ति सुरक्षा पुनःस्थापना गर्नु र जनजीवनलाई सामान्य अवस्थामा फर्काउनु रहेको जिल्ला प्रशासनले जनाएको छ। बैठकमा जिल्लाका अधिकांश राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको बताइएको छ।

प्रशासनले राजनीतिक दलहरूको सहकार्य र समन्वयमार्फत समस्या समाधानको बाटो खोजिरहेको जनाउँदै सबै पक्षलाई संयम, सहिष्णुता र जिम्मेवारीपूर्ण व्यवहार गर्न आग्रह गरेको छ।

बैठकमा जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ। बैठकले हालको अवस्थाको समग्र मूल्याङ्कन गर्दै कर्फ्युको अवधि, सुरक्षा व्यवस्थाको सुदृढीकरण र सामाजिक सद्भाव कायम राख्ने उपायहरूबारे छलफल गरिरहेको बुझिएको छ।

प्रशासन स्रोतका अनुसार सर्वपक्षीय बैठकको निष्कर्षपछि कर्फ्युसम्बन्धी निर्णयसहित आवश्यक औपचारिक जानकारी सार्वजनिक गरिनेछ। यसबीच सर्वसाधारणलाई संयमता अपनाउन, अफवाह नफैलाउन र प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button