समाचार

वीरगन्जमा कर्फ्यु आज दिउँसो १ बजेसम्म थप

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा लागू कर्फ्यु आदेश आज दिउँसो १ बजेसम्मका लागि पुनः थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार शान्ति–सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य नभएकाले सम्भावित अवाञ्छित गतिविधि रोक्न कर्फ्यु निरन्तरता दिइएको हो।

कर्फ्यु अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन लगायतका गतिविधि निषेध गरिएको छ भने अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

कर्फ्यु उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। कर्फ्यु क्षेत्र पूर्वमा बसपार्क–नगवा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उत्तरमा गण्डक चोकसम्म रहेको छ।

यद्यपि, निर्धारित परीक्षाका परीक्षार्थीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button