समाचारस्थानीय

दलित सशक्तीकरण ऐन निर्माणको लागि सखुवाप्रसौनी गाउँपालिकामा पहल तथा खबरदारी अभियान

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । सखुवाप्रसौनी गाउँपालिकामा दलित सशक्तीकरण ऐन निर्माण गर्ने विषयमा सकारात्मक पहल सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष यशवंत यादव तथा प्रमुख प्रशासकीय अधिकृत सञ्जिव कुमार यादवले दलित सशक्तीकरण ऐन निर्माण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन।

दलित समुदायको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणलाई संस्थागत गर्न ऐन आवश्यक रहेको भन्दै स्थानीय तहमा पहल तथा खबरदारी अभियान सञ्चालन गरिएको थियो।

सोही अभियानका क्रममा गाउँपालिका नेतृत्वसँग भएको छलफलमा अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत यादवले ऐन निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाएको दलीत अगुवा मनोज रामले जानकारी दिए ।

अभियानमा सहभागी दलित अधिकारकर्मी तथा स्थानीय अगुवाहरूले दलित समुदायले भोग्दै आएका विभेद, अवसरको अभाव र पहुँचको समस्यालाई समाधान गर्न ऐन अत्यन्त आवश्यक रहेको बताएका थिए। उनीहरूले ऐनमार्फत बजेट सुनिश्चितता, सहभागिता वृद्धि र समावेशी विकासको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन्।

गाउँपालिका नेतृत्वको यस प्रतिबद्धतालाई दलित समुदाय तथा नागरिक समाजले सकारात्मक कदमको रूपमा स्वागत गरेका छन्। अब ऐन निर्माण प्रक्रिया छिटो अघि बढोस् भन्ने अपेक्षा समेत व्यक्त गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहलाई आवश्यकताअनुसार कानून निर्माण गर्ने अधिकार रहेकाले दलित समुदायका लागि छुट्टै ऐन अपरिहार्य भएको माग गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button