समाजस्थानीय

पर्सामा प्रहरीको सामाजिक कार्यः २०८ विपन्न परिवारलाई न्यानो कपडा वितरण

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,पुस १३ । पर्सा जिल्लामा अतिविपन्न, दलित तथा शितलहरबाट प्रभावित परिवारका लागि न्यानो कपडा वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।
आईतवार जिल्ला सुरक्षा समिति पर्साको आयोजनामा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाको वडा नम्बर ३ र ६ तथा जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ गरी २०८ जना परिवारलाई न्यानो कपडा वितरण गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिएका छन ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पोखरियाका सशस्त्र प्रहरी नायव उपरिक्षक शम्भु कटुवाल, स्थानिय बुद्धिजीवी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सुरक्षा निकायहरुले आफ्नो सामाजिक उत्तरदायित्व निभाउँदै विपन्न र असहाय परिवारलाई राहत प्रदान गरेको यो कार्यक्रमले स्थानीय समुदायमा प्रहरीको सकारात्मक छवि प्रस्तुत गरेको छ । शीतलहरबाट प्रभावित गरीब परिवारलाई राहत पुग्ने अपेक्षा समेत गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button