समाचार

कलैयाका प्रमुख प्रशासकीय अधिकृतमा सिंह आउदै, नाथु साहको सरुवा

Ad 1
Ad 2
Ad 3
Ad 4

कलैया । बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको आज सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साहको भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा सरुवा गरेको हो ।

उनको स्थानमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव रामविनय कुमार सिंह आउने भएका छन् ।

साह करिब चार वर्षसम्म कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। मन्त्रालयले साहसहिय ३० जना उप–सचिवको सरुवा गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button