राजनीति

संविधान सभा सदस्य थारुले त्यागे एमाले उनीसंगै गए दर्जनौ नेता कार्यकर्ता

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज, पुस ११। दोस्रो संविधानसभाका सदस्य जयप्रकाश थारु नेकपा (एमाले( परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन।

एमाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै थारुले पार्टी छोड्ने निर्णय गरेका हुन्। उनीसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सयौँ नेता तथा कार्यकर्ता पनि एमाले परित्याग गरी नेकपामा सामेल भएका छन ।

उनीहरू आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमार्फत औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन।

नेकपा (एमाले) पर्साका पूर्व अध्यक्षसमेत रहेका थारु निकट स्रोतका अनुसार आगामी निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाउने आश्वासनका आधारमा पार्टी प्रवेशको निर्णय गरिएको हो।

थारु दोस्रो संविधानसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै विजयी भएका थिए। त्यसपछि भएका दुवै निर्वाचनमा भने उनी पर्सा ४(१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका शङ्कर चौधरीसँग पराजित हुँदै आएका छन्।

थारुको नेकपा प्रवेशले पर्सा जिल्लाको कम्युनिस्ट राजनीतिमा नयाँ तरङ्ग ल्याउने अनुमान गरिएको छ। थारुसंगै शालीन नेता लेखमान थापा, रामजनम खवास ,श्रीकान्ती देवी थारु , उर्मिला चौधरी , कुनाल थारु लगायतका दर्जनौ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

नेकपाले मधेस प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिअन्तर्गत यस्ता राजनीतिक प्रवेशलाई प्राथमिकता दिएको देखिन्छ। यसअघि पनि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट मधेश प्रदेशका प्रदेशसभा सदस्य प्रह्लाद गिरी, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती चौरसियासहित सयौँ नेता तथा कार्यकर्ता एमाले त्यागेर नेकपामा प्रवेश गरिसकेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button