राष्ट्रिय

जेनजी आन्दोलनका बेला सुन्धारा कारागारबाट फरार दुई कैदी वीरगंजमा पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज।  वीरगंज महानगरपालिकामा प्रहरीले वीरगंजरजेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार दुई कैदीलाई पक्राउ गरेको छ।

 

भदौ २३ गते आन्दोलनका क्रममा फरार भएका २५ वर्षका सुदामा पासवान, बारा विश्रामपुर गाउँपालिका–५ का बासिन्दा, सोमबार वीरगंज–१५ स्थित भिष्वाबाट पर्सा प्रहरीले पक्राउ गरेको हो। पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद भुक्तान गरिरहेका थिए।

 

त्यस्तै, बाराको परवानीपुर गाउँपालिका–२ का ३२ वर्षका विवेकलाल शाह कानु पनि पक्राउ परेका छन्। उनी भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

 

विवेकलाल बैंकिङ कसुर मुद्दामा ५० हजार धरौटी तिर्न नसकेपछि उच्च अदालत पाटनको आदेशअनुसार केन्द्रीय कार्यालय कारागार सुन्धारामा चलान भएका थिए। उनी वीरगंज–४ बिर्ता टोलबाट सोमबार पक्राउ परेका हुन्।

 

हाल दुवै फरार कैदीलाई वीरगंज कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button