राजनीतिसमाचार

पूर्व प्रदेश सांसद गिरीसहित एमाले पर्साका पचास भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेकपा एमालेका नेता तथा पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरीसहित पर्साका पचासभन्दा बढी नेता र कार्यकर्ताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूमा बिन्दवासिनी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह कानु (मोदी), वडा अध्यक्षका प्रत्यासी तथा एमाले पर्सा जिल्ला सचिवालय कमिटी सदस्य हनिफ अंसारी, नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य एवं पोखरिया नगरपालिकाकी उपमेयर पदकी प्रत्यासी बिना देवी बैठा, एमाले नेता लक्ष्मण चौरसिया, बिन्दवासिनी गाउँपालिका उपाध्यक्ष उमेश चौरसिया, एमालेबाट निर्वाचित पूर्व वडा अध्यक्ष संजय चौहान, लोसपाका नेता सुदामा चौहान, स्थानीय नेता हारुन अंसारी, अमित पाण्डे, राजेन्द्र साह कलवार, शिवशंकर गोढ, भोला साहलगायत रहेका छन्।

नव प्रवेशी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव नेपालले खादा लगाई पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा नेकपाका नेता मात्रिका यादव, पर्साका नेता छोटेलाल यादव, पी.एल. श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

नेकपा प्रवेश गरेका प्रहलाद गिरी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएका थिए। पर्सा क्षेत्र नं. ३ का प्रभावशाली नेताहरूको सामूहिक प्रवेशसँगै साे क्षेत्रमा नेकपाको संगठन थप बलियो हुने नेताहरूको दाबी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button