समाचारस्थानीय

जिराभवानी गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत गिरीले सम्हाले कार्यभार

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज, पुष ६ । पर्साको जिराभवानी गाँउपालिकामा हालै सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले आइतबारदेखि कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन् ।

गत मंगलबार संघ सरकारको सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको थियो।त्यस क्रममा कालिकामाई गाँउपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरिको जिराभवानी गाँउपालिकामा र जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको कालिकामाई गाँउपालिकामा सरुवा गरेको थियो।

तर जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरीले आफ्नो इँछा र सहमति बेगर सरकारले गिरीलाई पठाएको भन्दै एक प्रेस विज्ञप्ति जारी गर्दै गिरीलाई हाजीर गर्न नदिने अडान राखेका थिए ।

गाँउपालिकाका अध्यक्ष चौधरीले हाजिर नै गर्न नदिने अडान लिएपनि गाँउपालिकाका सबै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आइतबार गाँउपालिका कार्यालयमा गिरिलाई फुलमाला लगाएर भव्य स्वागत गरेका थिए । वडाध्यक्षहरू महादेव प्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, लेखा तथा प्राविधिक शाखाका कर्मचारीहरू तथा विभिन्न वडाका कर्मचारीहरूले गिरिलाई फुलमाला लगाएर स्वागत गरेपछि प्रमुख प्रशासकीय अधिकृत गिरिले कार्यचभार सम्हालेका हुन् ।

गाँउपालिका अध्यक्ष चौधरीले आफ्नो असन्तुष्टि सम्बन्धित मन्त्रालयमा पुगेर विधिसम्मत राख्नुको साटो पुस ३ गते एक प्रेस विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेर आक्रोश पोखेका थिए।

चौधरीले गिरिलाई जिराभवानी गाँउपालिकमा पठाउने सरकारको निर्णय रद्द गरेर उनको ठाउँमा आफ्नो सहमति लिएर मात्रै अरु अधिकृतलाई पठाउन सरकारलाई आदेशात्मक आग्रहसमेत गरेका थिए ।अन्यथा आउने परिस्थितिको जिम्मेवार स्वयंम मन्त्रालय नै हुने ठाडो चेतावनीसमेत उनले सरकारलाई दिएका थिए।

गत मंसिर १५ गते जिराभवानी गाँउपालिकामा गाँउकार्यपालिका(बोर्ड) बैठक बसेको थियो।गाँउपालिका अध्यक्ष चौधरीले १ वर्ष यता बैठक नै नबोलाएपछि उनी बाहेक बसेको बोर्ड बैठकले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जनप्रतिनिधिहरुलाई नटेरेको, गाँउपालिका कार्यालयमा लामो समयदेखि नआएकोले कार्यालयको कामकाज प्रभावित भएको भन्दै कुशवाहाको अन्तै सरुवा गरेर अमित गिरि सरुवा भइ आउन इच्छुक रहेकाले गिरिलाई नै जिराभवानी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेर पठाइदिन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको थियो ।

त्यहि निर्णयअनुसार मन्त्रालयले गत मंगलबार राज कुशवाहालाई कालिकामाई गाँउपालिकामा सरुवा गरेर अमित गिरिलाई जिराभवानी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो।

यसअघि डेढ वर्षपहिले जिराभवानी गाँउपालिकामै गिरि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।उनी त्यसबेला कार्यरत रहेको अवधिभर गाँउपालिका अध्यक्ष चौधरीले अनुचित आर्थिक लाभका कामहरु गराउन खोज्दा गिरिले गर्न नमानेको र त्यहि कारण अहिलेसम्म पनि चौधरीले गिरिलाई नरुचाएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button