पर्सा क्षेत्र नम्बर २ बाट अध्यक्ष राउतको नाम सिफारिस

वीरगंज ,१ पुष । जनमत पार्टी पर्साले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रारम्भिक उम्मेदवार टुंगो लगाएको छ । मंसिर २९ गते सम्पन्न चारै क्षेत्रीय बैठकबाट उम्मेदवारका नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो। जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सरार्फका अनुसार आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय तहबाट प्रारम्भिक उम्मेदवारको नाम सिफारिस गरिएको हो। उनका अनुसार पर्साका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइएको छ।
सिफारिसअनुसार पर्सा क्षेत्र नम्बर–१ बाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सरार्फ र केन्द्रीय सदस्य श्यामप्रसाद गुप्ताको नाम सिफारिस गरिएको छ। पर्सा क्षेत्र नम्बर–२ बाट पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतको नाम सिफारिस गरिएको छ। यसैगरी पर्सा क्षेत्र नम्बर–२ बाट डा. सिके राउतसहित पूर्व एसएसपी तथा केन्द्रीय सदस्य अनुराग द्विवेदी, केन्द्रीय सदस्य तथा अधिवक्ता हरिहरप्रसाद साह र राष्ट्रिय परिषद् सदस्य बृजकिशोर प्रसाद कलवारको नाम पनि सिफारिस गरिएको छ।
पर्सा क्षेत्र नम्बर–३ बाट केन्द्रीय सदस्य मालती कुमारी कुशवाहा र पर्सा क्षेत्र नम्बर–४ बाट केन्द्रीय सदस्य सिमा देवी कलवार (सिमा गुप्ता) को नाम सिफारिस गरिएको छ। पार्टीले क्षेत्रीय तहबाट सिफारिस गरिएका नामहरू केन्द्रीय समितिमा पठाउने र अन्तिम निर्णय केन्द्रीय नेतृत्वबाट हुने जनाएको छ।




Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/register/person?ref=MBLCVVZG