मधेस प्रदेशराजनीतिशिक्षासमाचारसमाजस्थानीय

पत्रकार शैलेश गुप्तामाथि दुव्यर्वहार गर्ने कर्मचारीलाई सिसिटिभी फुटेज लिएर उपस्थित हुन प्रजिअको ठाडो आदेश

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज, १ पुस । गत बुधवार समाचार सङ्कलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्यर्वहार गरेको विरोधमा आज प्रेस चौतारी नेपाल पर्साको टोलीले प्रमुख जिल्ला अधिकारी तोयानाथ दाहाललाई जाहेरी दिएका छन् । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष्F निरन्जन मिश्रको अगुवाईमा पुगेका सञ्चारकर्मीहरुको टोलीले प्रजिअ दाहाललाई घटनाबारे जानकारी गराउँदै पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् ।

फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक एवं प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह गुप्तामाथि गत बुधवार जीराभवानी गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्र, इन्द्रजीत हजरालगायतले अपशब्द प्रयोग गरी मोबाइल फोन खोसेर फोटोहरु डिलिट गरेका थिए । जीराभवानी गाउँपालिकामा कार्यालय समयमा कर्मचारीहरु अनुपस्थित भएको र सोको फोटो खिच्ने क्रममा पत्रकार गुप्तामाथि कर्मचारी मिश्र र हजरा लगायतले दुव्र्यवहार गरेका थिए ।

आज जिल्ला प्रशासन कार्यालय, पर्सा पुगेका प्रेस चौतारी नेपाल पर्साका टोलीले पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने कर्मचारीमाथि अविलम्ब कारबाही गर्न र घटनाको छानबिन गर्न माग गरेपछि प्रजिअ दाहालले जीराभवानी गापाका कर्मचारीहरु मिश्र र हजरालाई मौखिक आदेश दिंदै मंगलवार बिहान ११ बजे सिसिटिभी फुटेजसहित जिप्रका, पर्सामा हाजीर हुन भनेका छन् । प्रजिअ दाहालले पत्रकार गुप्तामाथि अभद्र व्यवहार गर्ने कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका छन् । डेलिगेशनमा प्रेस चौतारी नेपाल पर्साका निरन्जन मिश्र, विजय (तुलसी) भण्डारी, किरण सत्याल, शैलेश गुप्ता, लक्ष्मी खरेल, राजन रौनियार, राजन सिंह, एसके चौरसिया, दिपेन्द्र बिसी, कन्हैया गुप्ता, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, पन्नालाल साह लगायत सहभागी थिए ।

नेपाल पत्रकार महासंघ, पर्साद्वारा पनि कर्मचारीमाथि कारबाहीको माग

यसैबीच नेपाल पत्रकार महासंघ, पर्सा शाखाले पनि आज प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्लाबाट प्रकाशित हुँदै आएको फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक शैलेश साह कानूलाई समाचार संकलनको क्रममा पर्साको जीराभवानी गापाका केही कर्मचारीहरुले दुव्र्यवहार गरेको घटनापति ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघ पर्साका सचिव विजयकुमार महतोले जारी गरेको विज्ञप्ति अनुसार समाचार संकलनको क्रममा सञ्चारकर्मीमाथि भएको अभद व्यवहारको भत्र्सना गर्दै सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाहीको माग गरेका छन् । साथै नागरिकको सुसूचित हुने अधिकारको रक्षाका लागि सञ्चारकर्मी र सिगो सञ्चार क्षेत्रको सुरक्षामा संवेदनशील बन्न सरोकारवाला पक्षको ध्यानाकर्षण पनि विज्ञप्तिमार्फत गराइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button