समाचार

पर्सामा १७६ किलो गाँजासहित एकजना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज । पर्सा प्रहरीले १७६ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बा.२१च ७८५५ नम्बरको पिकअप गाडीका चालक रामेछाप जिल्ला खाँडाडेवी गाउँपालिका– १ का सुवराज श्रेष्ठ रहेका छन्।

प्रहरीले वीरगन्ज महानगरपालिका– १७, कोनियाबाट अलौ जाने क्रममा सोमबार राति ८ बजेको समयमा उक्त गाँजा बरामद गरेको हो। प्रहरी चौकी सिर्सिया ड्राइपोर्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव नेतृत्वको टोलीले उक्त गाँजा बरामद गरेको हो।

पिकअप गाडीको पछाडि बोरामा १२ पोकामा लुकाइएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरी निरीक्षक अमृत बस्नेतले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button