राजनीति

एमालेको ११ औ महाधिवेशन पर्साबाट एघार जना उम्मेदवार

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेकपा एमालेको ११औँ महाधिवेशनमा पर्सा जिल्लाबाट ९ जना नेताले विभिन्न कलस्टरमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

पार्टी महाधिवेशनअन्तर्गत पर्साबाट भूगोल महिलातर्फ, मुस्लिम, खुल्ला मधेसी तथा दलिततर्फका केन्द्रीय सदस्य कलस्टरमा उम्मेदवारी परेको हो।

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने नेताहरूमा प्रभु हजारा, अरबिन्द सिंह, बसरुदिन अन्सराी ,नवराज तिमिल्सीना , विजय सरावगी, राजकुमार गुप्ता, प्रह्लाद गिरी, नवराज शर्मा, प्रद्युमन चौहान र रन्जु फुयाँल रहेका छन्।

 

स्रोतका अनुसार यी उम्मेदवारमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओली निकट (ओली खेमाबाट) प्रभु हजारा, निर्मला देवकोटा र विजय सरावगीलाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारिएको जनाइएको छ।

११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो मतदान हुने कार्यतालिका रहेको छ। महाधिवेशनमार्फत पार्टीको आगामी कार्यदिशा तथा नेतृत्व संरचना तय हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button