स्थानीय

आन्दोलन चर्किएसंगै सीमरामा स्थानीय प्रशासनले फेरी लगायो कर्फ्यू

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज। बाराको सिमरा विमानस्थल क्षेत्र र जीतपुर–सिमरा आसपास जेनजी युवाहरूको प्रदर्शनले असामान्य स्थिति सिर्जना हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) र (ख) बमोजिम .आज मंसिर ४ गते दिउसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारीद्वारा सूचनामा उल्लेख छ ।

बाराका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार तोकिएको क्षेत्रमा कोई पनि व्यक्ति वा समूहले सभा, जुलुस, प्रदर्शन, भीड, धर्ना, बैठक तथा कुनै किसिमको गतिविधि गर्न, आवत–जावत गर्न वा भीड जम्मा गर्न पाउने छैन।

कर्फ्यू लागू हुने क्षेत्र

वीरगञ्ज–पथलैया सडक–खण्डको पथलैया चोकदेखि जीतपुर लाल्का पुलसम्म, राजमार्गको दायाँ–बायाँ ५०० मिटरभित्र

सिमरा विमानस्थल परिसरको वरिपरि ५०० मिटरभित्र

प्रशासनले आपत्कालीन सेवाका एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, पत्रकार, स्वयम् सेवक, कूटनीतिक व्यक्ति तथा हवाई टिकटको आधारमा हवाई यात्रुहरूलाई भने आवश्यक सहजीकरण गर्ने जनाएको छ ।

जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button