मधेस प्रदेशस्थानीय

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

कार्तिक २५ वीरगंज । नेशनल मेडिकल कलेज प्रा. लि. र विश्रामपुर गाउँपालिकाबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ। वीरगञ्ज–१५, पर्सास्थित नेशनल मेडिकल कलेजको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा यो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।सम्झौताअनुसार, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो बिश्रामपुर गाउँ पालिका,प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केसरी तथा स्वास्थ शाखा प्रमुख अलि अकबर हुसेनको रोहबरमा सम्झौता सम्पन्न भएको हो ।
विश्रामपुर गाउँपालिकाका पाँच वटै वडाका वासीलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट विशेष छुट र सुविधा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। सम्झौतापत्रमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तर्फबाट प्रबन्ध निर्देशक शाहनवाज अन्सारी ले हस्ताक्षर गर्नुभएको थियो। सो अवसरमा कलेजको तर्फबाट ईन्जिनियर प्रदीप चौधरी,प्रशासन अधिकृत विश्वनाथ कान्त , प्रशासन अधिकृत पप्पु सिंह र नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारी को उपस्थिति रहेको थियो। त्यसैगरी, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो ले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

साथै, विश्रामपुर गाउँ पालिका वडा न २ वडा अध्यक्ष मनोज यादव, कार्यपालिका सदस्य राजिन्द्र पाल , बिधालय ब्यवस्थापन समिति अध्यक्ष कृष्ण प्र साह ,न्यायीक समिति सदस्य मंजुर र आलम गाउँ प्रहरी मुकतार आलम, संचारकर्मी जोतिलाल पंडितको समेत उपस्थिति रहेको थियो। सम्झौताले अस्पताल र पालिका बीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहकार्यले संस्थागत सामाजिक उत्तरदायित्व, पारदर्शिता र दीर्घकालीन सम्बन्ध सुदृढ पार्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button